छिट्टै म देश दौडाहामा जाने तयारीमा छु : डा.शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन् ।
आइतबार सिन्धुलीमा आयोजित कार्यक्रममा डा.कोइरालाले चिनियाँ राजदूतको अभिव्यक्तिलाई सरकारले नोटिसमा राख्नुपर्ने बताए ।
नेता डा.कोइरालाले भारत र चीन दुवै देश नेपालका असल छिमेकी रहेको उल्लेख गर्दै काठमाडौंमा रहेर एकले अर्काको विषयमा टिप्पणी गर्नु कूटनीतिक मर्यादाविपरीत हुने बताए ।
डा.कोइरालाले कांग्रेसमा हाल चरम गुटबन्दी भएका कारण समस्या देखिएको भन्दै गुटबन्दी र विभाजनलाई तोडेर अघि बढ्न नसके कांग्रेस अझै ठूलो समस्यामा फस्न सक्ने बताए ।
उनले पार्टीमा रहेका समस्या समाधान गर्न आफ्नो प्रयास रहने बताए । ‘वर्षा सकिएको छ । अब छिट्टै म देश दौडाहामा जाने तयारीमा छु’, उनले भने, ‘जनताको चाहना के छन्? त्यसलाई बुझेर कांग्रेसले अघि बढ्न सक्नुपर्छ ।’
नेता डा.कोइरालाले कोशी प्रदेशमा दलहरूको असमझदारीका कारण समस्या उत्पन्न भइरहेको भन्दै सबै दल मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
उनले राजनीतिक मुद्दालाई अदालतले मात्रै टुंगोमा पुर्याउँछ भनेर विश्वास गर्न नसकिने बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया