लगातार चार महिनादेखि चीनको अर्थततन्त्रमा गिरावट
लण्डन । चीनको निर्यात लगातार चौथो महिनामा घटेको छ । चीनको आन्तरिक र बाह्य माग घटेपछि विश्वभर टाउको दुखाइको विषय बनेको बीबीसीले जनाएको छ ।
अगस्टमा चीनको निर्यात ८.८ प्रतिशत घटेको छ । आयात ७.३ प्रतिशतले घटेको छ । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा उल्लेख्य गिरावट हो ।
यो गिरावट चीनको सरकारी निकायले गत महिना गरेको प्रक्षेपणभन्दा नराम्रो भने होइन । चीनले कोरोना महामारीपछिको कठिन समय भोगिरहेको छ ।
चीनमा घरजग्गाको कारोबारमा मन्दी आएको छभने आन्तरिक खपत र माग समेत घटेको छ । चीनको आन्तरिक बजारसँगै अमेरिका, युरोपसहित विश्वभरबाट आउने चिनियाँ वस्तुको मागमा समेत गिरावट आएको छ ।
अमेरिकाको तथ्यांक कार्यालयको एउटा रिपोर्टअनुसार चीनबाट आयात हुने सामान सन् २००६ यताकै न्यून अवस्थामा पुगेको छ । अहिले अमेरिकामा हुने कूल आयातको १४.६ प्रतिशत हिस्सा छ । जुन, सन् २०१८ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिले अमेरिका–चीन व्यापार युद्ध छेड्नु अघिसम्म २१.८ प्रतिशत थियो ।
चीनमा घरजग्गाको कारोबारमा पूर्णरुपमा मन्दी छाएको छ । चीनको सबैभन्दा ठूलो घरजग्गाको कारोबारी कम्पनी एभरग्रान्डे आर्थिकरुपमा संघर्ष गर्दैछ ।
जबकी, बेइजिङले आफ्नो खस्कँदो अर्थतन्त्रलाई पुन: उत्थान गर्ने विशेष कार्यक्रमको थालनी सुरु गरिसकेको छैन ।
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले पश्चिमा मिडिया र राजनीतिज्ञले आफ्नो अर्थतन्त्रमा देखाइरहेको अनावश्यक चासोको विरोध गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया