शान्ति सुरक्षा दिन नसक्ने निकम्मा गृहमन्त्रीको नेविसंघ पोखराले पनि माग्यो राजीनामा
काठमाडौं । नेपाल विद्यार्थी संघ पोखराले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विरोधमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।
नेविसंघ पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर काठमाडौंको भृकुटीमण्डपमा भएको सांघातिक आक्रमणको विरोध गरेको हो । नेविसंघको पोखरा महानगर कार्यसमितिले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
‘सार्वजनिक स्थलमा दिउँसै सह–महामन्त्री महेन्द्र यादवमाथि आक्रमण हुनु गम्भीर छ । पूर्वमन्त्री जस्ता व्यक्तिको सुरक्षा दिन नसक्ने गृहमन्त्रीले देशको शान्ति सुरक्षा र नेपाली जनताको ज्यानको सुरक्षा गर्न सक्नेमा जनतालाई विश्वास छैन’, सभापति विपिन पौडेलले भनेका छन् ।
नेविसंघ कास्कीका क्षेत्र नं. २ का सभापति अमन केसी, महानगर कार्यसमितिका सह–सचिव अदित भुजेल, सदस्य सविन पौडेल, सुवर्ण केसी, आयुष थापालगायतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया