फिनल्यान्डकी पूर्वप्रधानमन्त्री मरिनले संसदीय पदबाट राजीनामा दिइन्
लण्डन । अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्र्याट्स पार्टीका नेता तथा फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सन्ना मरिनले संसदीय पदबाट राजीनामा दिएकी छिन् ।
बिहीबार राजीनामा दिएर बेलायती गैरनाफामुलक संस्थाको सल्लाहकार बन्ने घोषणा गरेकी छिन् ।
मरिनले टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा रणनीतिक परामर्शदाता नियुक्त भएको बताएकी हुन् ।
‘म फिनल्याण्डका लागि अन्य क्षमतामा पनि काम गर्नसक्छु । मैले गरेको राजीनामाले फिनल्याण्डलाई समग्र रूपमा फाइदा हुने मलाई लाग्छ’, उनले भनिन् ।
मरिनले भनिन्, ‘मसँग परिचित नीतिगत विषयमा विभिन्न देशका सरकार र नेताहरूलाई सल्लाह दिनेछु ।’
‘रक स्टार प्राइम मिनिस्टर’को संज्ञा दिएकी मरिनले फिनल्यान्डको आम निर्वाचनमा आफ्नो असाधारण लोकप्रियतालाई निरन्तरता दिन सकेकी थिइनन् ।
त्यसपछि मरिनले पार्टी नेतृत्वबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीका रूपमा आफ्नो चार वर्षे कार्यकालमा असर परेको स्वीकार गर्दै उनले भनिन्, ‘कहिलेकाहिँ मेरो आफ्नै सहनशीलताको परीक्षण भएको छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया