गायक चलाउनेको ‘मायाले त होला’ २ दिनमा साढे १ लाख नाघ्यो
काठमाडौं । लोक तथा दोहोरी गायक भागीरथ चलाउनेले ‘मायाले त होला’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरेका छन् ।
गायक चलाउनेले बिहीबार म्युजिक भिडियोलाई आफ्नै यूट्युब च्यानमार्फत रिलिज गरेका हुन् । उनले तीज पर्वलाई ध्यान दिएर गीत रिलिज गरिएको बताएका छन् ।
गीतमा गायक चलाउनेलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन् । गीतको संगीत र शब्द गायक चलाउनेको रहेको छ ।
विनोद बाजुरालीको ऐरेञ्ज रहेको गीतलाई मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ ।
म्युजिक भिडियोमा गायक चलाउने र अन्जना बराइलीको अभिनय रहेको छ । निर्देशन मौसम हिमालीले गरेका छन् ।
गायक चलाउनेका गीत संगीत राम्रा छन् । उनका यसअघिका गीतहरूले पनि राम्रो छाप छोड्न सफल भएका छन् । यूट्युबमा गायक चलाउनेको गीतले शुक्रबार बेलुकासम्म १ लाख ६० हजार भ्यू नाघेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया