आर्सनलले डक्लनलाई भित्र्याउने
लण्डन । आर्सनलले वेस्ट ह्यामका मिडफिल्डर डेक्लन राइसलाई भित्र्याउने भएको छ ।
प्रिमियर लिग क्लबले २४ वर्षीय राइसलाई १०.५ करोड पाउन्ड तिर्न सहमत भएको हो । दुई क्लबबीच सम्झौतालाई अन्तिम रूप दिने तयारी भइरहेको छ ।
यसअघि आर्सनलले गरेका दुईवटा अफरहरू वेस्ट ह्यामले अस्वीकार गरेको थियो । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले राइसका लागि गरेको ९ करोड पाउन्डको अफर पनि वेस्ट ह्यामले स्वीकार गरेको थिएन ।
ह्यामरका कप्तान राइस सन् २०१४ मा चेल्सीबाट क्लबमा आबद्ध भएका हुन् । क्लबले चेल्सीका फरवार्ड काई हाभर्टजलाई अनुबन्ध गरेको छ । ६.५ करोड पाउन्डमा क्लबले उनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।
२४ वर्षीय खेलाडीलाई चेल्सीले बायर लेभरक्युजनबाट ७.१ करोड पाउन्डमा भित्र्याएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया