बालेनद्वारा आदिपुरुषसहितका हिन्दी फिल्म प्रदर्शनमा रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले भारतीय फिल्म ‘आदिपुरुष’सहित हिन्दी फिल्महरूलाई प्रदर्शनमा रोक लगाएका छन् ।
नगरप्रमुख शाहले बिहीबार सूचना जारी गरेर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द हटाउन तीन दिनको समय दिएका छन् ।
उनले भनेका छन्, ‘जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइनेछैन ।’
‘यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस्’, नगरप्रमुख शाहले भनेका छन् ।
नेपालको सेन्सर बोर्डले पनि सीतालाई भारतीय छोरी भनेको शब्दावली हटाउन निर्देशन दिएको थियो ।
Published : Thursday, 2023 June 15, 7:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया