काठमाडौंको ओमबहालमा हत्या गरेर भागेका सुरज असनबाट पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट सुरज शाक्यलाई हत्या अभियोगमा पक्राउ गरेको छ ।
आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
घरायसी विवाद हुँदा सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा सूर्य शाक्यको मृत्यु भएको थियो ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरज शाक्यलाई काठमाडौं असनबाट पक्राउ गरेको हो ।
Published : Tuesday, 2023 June 13, 6:13 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया