बलिउड अभिनेता आशिष विद्यार्थीद्वारा दोस्रो बिहे, दुलही बनिन् रुपाली
मुम्बई । बलिउड अभिनेता आशिष विद्यार्थीले विवाह गरेका छन् । आशिषले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका हुन् ।
आशिषले आसामकी रुपाली बरुआसँग विवाह गरेको समाचारमा उल्लेख छ । उनीहरूले कोर्ट म्यारिज गरेका छन् ।
आशिषले बिहीबार अदालतमा विवाह गरेपछि सानो कार्यक्रम राखेका थिए । वैवाहिक कार्यक्रममा सीमित साथी र परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिनेता आशिष राष्ट्रिय पुरस्कार विजेता हुन् । उनले भारतीय फिल्महरूमा धेरै जसो अभिनय नकारात्मक भूमिकामा गरेका छन् ।
आशिषले भनेका छन्, ‘जीवनको यो चरणमा रुपालीसँग विवाह गर्न पाउँदा निकै खुसी लागेको छ ।’ – एजेन्सी
Published : Thursday, 2023 May 25, 10:45 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया