राष्ट्र बैंकद्वारा असारभित्र कर्जाको पुनर्तालिकीकरण गर्न निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा तोकेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने उल्लेख गरेको छ ।
पुनर्तालिकीकरण वा पुनर्संरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने गरी राष्ट्र बैंकले सर्त तोकेको छ । मौद्रिक नीतिको तेस्रो समीक्षमा भएको घोषण कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गरेको छ ।
तोकिएका क्षेत्रबाहेक ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जामा समेत यही प्रावधान लागू हुनेछ ।
२०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीरण वा पुनर्संरचना गर्न सकिन्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया