प्रहरीले खोज्दै जाँदा ललितपुरका एकराजलाई गोंगबुबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धन कार्यालयले ४६ वर्षीय एकराज नेम्वाङलाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले नेम्वाङलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेम्वाङले स्लोभाकिया पठाईदिन्छु भन्दै नगद १२ लाख रूपियाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका नेम्वाङको स्थायी ठेगाना पाँचथरको फागुनन्द गाउँपालिका–३ मा पर्छ । उनी हाल ललितपुरको ललितपुर महानगरपालिका– १४ नख्खीपोटमा बस्दै आएका थिए ।
वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रूपियाँ लाग्छ भनेर उनले रकम उठाएका थिए ।
नेम्वाङले स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु भनेर ठगी गरेको अभियोग लागेको छ ।
मासिक २ लाख रूपियाँभन्दा बढी तलब हुन्छ भनेर नेम्वाङले प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरी फरार भएका थिए ।
नेम्वाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया