व्यूरोद्वारा महिलाको अश्लील तस्वीर बनाउने युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साईबर व्यूरोले सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

व्यूरोले झापाको झापा गाउँपालिका–६ स्थायी ठेगाना भएका २० वर्षीय कादिर मोमिनलाई शुक्रबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

कादिरले सामाजिक सञ्जाल फेसवुक र टिकटकमा पीडित महिलाको चरित्र हत्या हुने खालका अश्लील शब्दहरू लेख्ने गरेको प्रहरीले जनाएको छ ।

कादिरले महिलाको तस्वीरमा अन्यको शरीर जोडिएको तस्बिर र भिडियोहरू पोष्ट गरी दु:ख हैरानी दिई चरित्र हत्या हुने कार्य गरेको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कादिरलाई झापा गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।

कादिर उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा ४ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहको छ ।

Published : Monday, 2023 April 10, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया