ललितपुरमा बागमती र गोदावरीका मानिसहरू पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरबाट दुई जनालाई अबैध कार्य गरेको अभियोगमा पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको बागमती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुरको गोदावारी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया