बंगलाचुलीमा आमा–छोराले ठूलाे गल्ती गरे, फरार छोरो पनि पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले हत्या अभियोगमा आमा र छोरालाई पक्राउ गरेको छ ।
प्रहरीले दाङको बंगलाचुली गाउँपालिका वडा नं. २ मर्फेस बस्ने वर्ष ४० का रेशम सुनारको हत्या अभियोगमा उनकी पत्नी वर्ष ३२ की कमला सुनार र उनका छोरा वर्ष १७ का शिवराज सुनारलाई पक्राउ गरेको बुधबार जारी विज्ञप्तिमार्फत जनाएको छ ।
कमला र शिवराजले चैत १४ गते अन्दाजी राति साढे ९ बजेको समयमा मर्फेसस्थित आफ्नै घरमा कोदालोले टाउकोमा प्रहार गरी रेशम सुनारको हत्या भएको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्षमार्फत हत्याको जानकारी प्रप्त भएपछि ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेब योगीको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालय, घोराहीबाट प्रहरी निरीक्षक मीरा खड्काको कमाण्डमा ११ जनाको टोली खटिएर कमला र शिवराजलाई नियन्त्रणमा लिइएको थियो ।
आफ्नै पति रेशम सुनारको हत्या गर्ने श्रीमती कमला सुनारलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बाबुको हत्यापछि फरार भएका शिवराज सुनारलाई प्रहरीले चैत १५ गते मध्य राति पौने १ बजे घोराही उप–महानगरपलिका वडा नं. १९ पाली भन्ने स्थानबाट लुकिछिपी रहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
हत्याको घटनामा संलग्न दुबै जनालाई प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया