आफूभन्दा निकै कम उमेरकी युवतीसँग राजेशपायल राईको बिहे
काठमाडौं । गायक राजेशपायल राईले ४७ वर्षको उमेरमा विवाह गरेका छन् ।
गायक राईले आफ्नी प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका हुन् । गायक राईको उमेरभन्दा पत्नीको उमेर दोब्बरभन्दा पनि धेरै कम छ ।
काठमाडौं महानगरपालिकाको वडा नं. ३१ को कार्यालयमा विवाह दर्ता गराएपछि राईको विवाह भएको खुलासा भएको छ । राईले आफ्नो प्रेमिका र विवाहलाई लुकाउँदै आएका थिए ।
गायक राईले आफूभन्दा निकै कम उमेरकी युवतीसँग विवाह गरेका छन् । गायक राईको जन्ममिति बिक्रम संवत २०३२ असोज १४ गते रहेको छ । उनकी पत्नी साङबुङको जन्ममिति बिक्रम संवत २०५८ साउन १४ गते रहेको छ । गायक राई र साङबुङबीचको उमेर करीव २६ वर्षको फरक छ ।
गायक राईले मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका छन् । गायक राईले भदौ १ गते साङबुङसँग विवाह गरेको बताइएको छ ।
गायक राई र साङबुङको एउटा सन्तानको छ । गायक राई र साङबुङ लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया