नेपाल एयरलाइन्सको सबै टिकटहरू अनलाइनमा गयो, इ–सेवाबाट काट्न सकिने
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकटलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा राखेको छ ।
शुक्रबार निगमले विज्ञप्ति जारी गरेर यात्रुको सहजताका लागि ई–सेवाबाट अनलाइन टिकट लिन पाउने व्यवस्था गरेको जनाएको छ । केही दिनभित्रै अन्य वालेटहरूबाट पनि अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गरिनेछ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सकिने विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको निगमले जनाएको छ ।
इ–सेवाले पनि नेपाल एयरलाइन्सबाट आन्तरक तथा अन्तर्राष्ट्रिय उडानको लागि टिकट सजिलै इ–सेवाबाट काट्न सक्ने जनाएको छ ।
‘अब तपाईले नेपाल एयरलाइन्सबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको लागि टिकट सजिलै इ–सेवाबाटै काट्न सक्नुहुनेछ’, इ–सेवाले प्रेस नोटमा भनेको छ, ‘नेपालभित्रको विभिन्न शहर तथा अन्तर्राष्ट्रिय रुपमा दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता, रियाद जस्तै थुप्रै ठाउँहरूमा जनतालाई राष्ट्रिय ध्वजाबाहकको टिकट खरिद गर्नलाई सजिलै इ–सेवा गरौँ ।’



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया