सरकारी कर्मचारीहरूले तलब खान पाएनन्
काठमाडौं । मुलुकको अर्थतन्त्रलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला सरकारी कमर्चारीहरू तलब खान नपाएको रहस्य बाहिर आएको छ ।
कम्युनिस्टको मिलिजुली सरकारले तीन महिनादेखि सरकारी कर्मचारीहरूलाई तलब खुवाउन नसकेपछि आलोचना भएको छ ।
अर्थमन्त्री एमालेका नेता विष्णु पौडेल छन् । पौडलले अर्थ मन्त्रालय सम्हालेपछि अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएको थियो ।
तलब खान नपाउनेहरूमा सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारी रहेका छन् । उनीहरूले ३ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
समितिका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले कर्मचारीहरूलाई तलब खुवाउन नसकिएको स्वीकार गरेका छन् ।
डा.यादव असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएका हुन् । असोजअघि पनि समितिका कर्मचारीहरूले ३ महिनाको तलब एकैपटक पाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया