खेलकुद मन्त्रालय सांसदको नजरमा नपर्नु चिन्ताको विषय : कांग्रेस सांसद महर्जन
काठमाडौं । बागमती प्रदेशका सांसद एवम् नेपाली कांग्रेसका नेता मीनकृष्ण महर्जनले ‘युवा तथा खेलकुद मन्त्रालय’लाई दलहरूले हेला गरेको भन्दै चिन्ता जनाएका छन् ।
बिहीबार बिहान प्रदेश सांसद मर्जनले सामाजिक सञ्जालमार्फत दल र सांसदहरूको नजरमा खेलकुद मन्त्रालय नजरमा नपरेको भन्दै चिन्ता जनाएका हुन् ।
खेल क्षेत्रलाई राजनीतिक नेतृत्वले उपेक्षा गरेका कारण धेरै खेलाडीहरू जीविकोपार्जन र सामाजिक सुरक्षाका लागि विदेश पलायन हुने गरेको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सांसदहरूको युवा तथा खेलकुद मन्त्रीमा नजर परेन । त्यसै खेलाडी विदेश पलाएन भएको होइन ।’
खेलकुद पृष्ठभूमिका कांग्रेस नेता महर्जन खेलकुद क्षेत्रको संरक्षणका लागि आफूलाई केन्द्रित बनाउँदै आएका छन् ।
सांसद समेत रहेका महर्जनले बागमती प्रदेश सभा र सरकारमा खेलकुदको विकास तथा खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धितहरूको उन्नति, प्रगतिका लागि पहल लिने बताउँदै आएका छन् ।
बागमती प्रदेशको सांसदमा ललितपुर १ (२)बाट निर्वाचित भएका महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष पनि हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया