६ बैंक र ४ फाइनन्सहरूलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गका विकास बैंकहरू र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई कारबाही गरेको छ ।
राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र प्रोग्रेशिभ फाइनन्स लिमिटेडलाई कारबाही गरेको हो ।
यी फाइनन्सहरूलाई नेपाल राष्ट्र बैंकले हर्जाना भर्न लगाएर कारबाही गरेको छ ।
फाइनन्सहरूले तोकिए अनुसारको सीडी रेसियो कायम गर्न नसक्दा केन्द्रीय बैंकले नगद कारबाही गरेको छ ।
उता, कारबाहीमा पर्ने बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, कर्पोरेट डभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नारायण डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सालपा विकास बैंक लिमिटेड रहेका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा परिचालनमा अनुपालन प्रयोग नगरेको भन्दै जरिवाना तिराइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक धेरै पटक नियम उल्लंघन गर्नेमा परेको छ ।
अरु बैंकलाई सीडी रेसियो कायम नगेको भन्दै साउन र भदौमा गरी दुई पटक राष्ट्र बैंकले जरिबाना तिराएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया