प्रभुमा सेन्चुरी बैंक गाभियो, भट्टचनद्वारा एकीकृत कारोबारको उद्घाटन
काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मंगलबारदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।
प्रमुख र सेन्चुरीबीच साउन २५ गते सम्झौता भएको थियो ।
सम्झौता गरेको पाँच महिनामा प्रभु र सेन्चुर बैंकले एकीकृत कारोबार सुरू गरेका हुन् । प्रभु ग्रुपका अध्यक्ष एवम् प्रतिनिधि
सभाका सांसद देवीप्रकाश भट्टचनले एकीकृत सेवाको उद्घाटन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले प्रभु र सेन्चुरीलाई मर्जर गर्न पुस १९ मा अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
प्रभु बैंकले १ बराबर १ सेयर आदान–प्रदान गर्ने सहमतिअनुसार सेन्चुरी बैंक मर्जर भएको छ ।
दुवै बैंकको पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरका लागि स्वीकृति प्रदान गरेका थिए ।
सेन्चुरी बैंक मर्जरमा भएपछि प्रभु बैंकको नामबाट कारोबार हुनेछ ।
बैंकको केन्द्रीय कार्यालय हालको प्रभु बैंकको बबरमहलमा रहेको कार्यालयमा रहनेछ ।
प्रभुले यो वर्ष ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
बोनसपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रूपियाँ पुग्ने छ ।
सेन्चुरीले यो वर्ष ४.७५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनसपछि सेन्चुरीको चुक्ता पुँजी १० अर्ब ७७ लाख १९ हजार रूपियाँ पुग्नेछ ।
वार्षिक साधारणसभाबाट पारित गरेको बोनस सेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी छ ।
यी दुई बैंक एक भएपछि चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ८८ हजार रूपियाँ पुगेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया