काठमाडौंबाट पावरफुल ग्याङ पक्राउ, नेपालीहरूको दिमाग देखेर छक्कै पर्यो अमेरिका
काठमाडौं । सम्बन्धित निकायहरूमा कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनी संचालनमार्फत आर्थिक कारोबार गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले काठमाडौंबाट ३५ वर्षीय पृथ्वीबहादुर शाहसहितका व्यक्तिलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ परेका शाह अछामको बन्नीगढी गाउँपालिका–६ घर भएका हुन् । हाल उनी काठमाडौंको चाबहिलमा बस्दै आएका थिए ।
प्रहरीले २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भई काठमाडौं महानगरपालिका–८ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखाको खोपाचाङ्गु घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ भंगाल बस्ने ४४ वर्षीय अनुप खड्कालाई पक्राउ परेका छन् ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ घर भएका ४० वर्षीय रूकमांगत काफ्ले र अछाम घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बस्ने २७ वर्षीय रंगबहादुर साउदलाई पनि सीआईबीले पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–८ सिफलमा रजिष्टर्ड कार्यालय रहेको कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल (प्रा)लि. लगायत दर्जनौं कम्पनीहरूका नाममा शंकास्पद कारोबार देखिएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूले सम्बन्धित निकायहरूबाट कारोबार गर्ने अनुमति प्राप्त नगरी कम्पनीहरू संचालन गरी आर्थिक कारोबार गरेको प्रहरीको भनाइ छ ।
कम्पनीको उदेश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको आरोप छ ।
एक जना अमेरिकी नागरिकको कम्प्युटरमा पहुँच पु¥याई एन्टीभाइरस नवीकरण बापतको रकम पठाउनु भनि झुक्याई विश्वास दिलाएर अमेरिकन नागरिकको खाताबाट अमेरिकी डलर ट्रान्सफर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
अन्य विदेशी नागरिकहरूलाई समेत झुक्याई, विश्वासमा पारी बेइमानीपूर्वक वायर स्क्याम गरी स्वीफ्टमार्फत करिब ४६ लाख ४६ हजार ७ सय ३७ अमेरिकी डलर, १२ हजार ८ सय २५ जीबीपी र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० रूपियाँ ८० पैसा रकम ठगी गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
गैह्र कानूनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले संचालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिहरूका बैंक खाताहरूमा जम्मा हुनासाथ प्राप्त रकमको स्रोत लुकाउने उदेश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा ट्रान्सफर गरी ठगी गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका शाहसहितका ८ नेपालीहरूको कार्यबाट अमेरिका समेत चकित परेको छ । आफूलाई विश्वकै सुरक्षित ठान्ने अमेरिकाबाट नेपाली युवाहरूले कम्युटरबाट अर्बौ रुपियाँ नेपाल भित्र्याएका हुन् । सो रकमका बारेमा अमेरिकन प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया