ग्लोबल आइएमई र बिओकेबीच एकीकरण, पुस २५ बाट एकीकृत कारोबार
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू ‘बिओके’बीच पुसको अन्तिम साताबाट एकीकृत कारोबार हुने भएको छ ।
दुई बैंकले पुस २५ गतेबाट एकीकृत कारोबार गर्नेछन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको छ ।
यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । एकीकृत कारोबार ग्लोबल आइएमई बैंकको नामबाट हुनेछ ।
असार २ गते दुई बैंकबीच मर्जर प्रयोजनको प्रारम्भीक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।
मंसिर २३ गते भएको दुवै बैंकका साधारणसभाले मर्जरलाई अनुमोदन गरिसकेको छ । मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपियाँ कायम भएको छ ।
बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ ।
मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया