नायिका शर्मा चलचित्र विकास बोर्डको समिति सदस्यमा नियुक्त
काठमाडौं । नायिका पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समितिको सदस्यमा नियुक्त भएकी छिन् ।
हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।
महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको छ ।
नायिका शर्मा एक दशकदेखि नेपाली फिल्ममा सक्रिय छिन् ।
बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्वय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो ।
नायिका शर्माले नायक अनमोल केसीलाई लिएर फिल्म बनाउने तयारी गरिरहेका बेला सदस्यमा मनोनीत भएकी छिन् ।
शर्माले ललितपुरको झम्सिखेलमा व्यवसाय पनि गर्न थालेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया