सामन्थाले फिल्मबाट लामो ब्रेक लिने
मुम्बई । दक्षिण भारतीय नायिका सामन्था रुथ प्रभुले फिल्मबाट लामो समय विश्राम लिने भएकी छिन् ।
स्वास्थ्यले साथ नदिएपछि सामन्थाले फिल्मबाट विश्राम लिन लागेकी हुन् । उनले आफू कसरी मायोसाइटिस भन्ने रोगबाट पीडित भएको र कसरी निको हुन लामो समय लाग्यो भन्ने कुरा सार्वजनिक गरेकी छिन् ।
नायिका सामन्था उक्त रोगको उपचारका लागि अमेरिका गएकी थिइन् ।
सामन्थालाई उक्त रोगबारे पत्ता लागेपछि स्वास्थ्यले गर्दा फिल्मबाट विश्राम लिन लागेको बताएकी छिन् ।
उनी आफूले साइन गरेका भारतीय फिल्मबाट पनि बाहिरिएकी छिन् । उनी ती प्रोजेक्ट आफ्नो कारणले ढिलाइ होस् भन्ने चाहँदिनन् । बरु उनी पूर्णरूपमा निको भएर फिल्ममा फर्केर यसअघि जस्तै उत्कृष्ट काम गर्न चाहन्छिन् ।
विजय देवरकोंडा, कुशीसँगको उनको फिल्मको ६० प्रतिशत छायांकन पूरा भइसकेको छ । यो फिल्मको छायांकन सकेर मात्र उनी लामो ब्रेक लिने तयारीमा छिन् ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया