कम्युनिस्ट समर्थक सहकारी बैंकमा उप्रेती निर्विरोध, अरु पदमा लफडा
काठमाडौं । कम्युनिस्ट समर्थक राष्ट्रिय सहकारी बैंक लिमेडेटको सञ्चालक समिति अध्यक्षमा केबी उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
उप्रेती दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । उप्रेती कम्युनिस्ट समर्थक मानिन्छन् ।
सञ्चालक समितिको चुनावका लागि भएको उम्मेदवारी मनोनयनमा उप्रेतीको मात्र दरखास्त परेपछि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।
समितिमा प्रदेशगत, खुल्ला र महिला कोटाबाट उम्मेदवारी दिएका केही सदस्य निर्विरोध भएका छन् ।
बाँकी पदाधिकारी र सदस्यमा चुनाव हुनेछ । निर्वाचन समितिका अनुसार गण्डकी प्रदेशबाट रामबहादुर जिसी निर्विरोध भएका छन् । मधेशबाट विश्वनाथ मण्डल निर्विरोध भएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडमा एमाले समर्थक कम्युनिस्टको बहुल्यता छ ।
नेपाली कांग्रेस निकटका सहकारी सञ्चालकहरूले नेपाल सहकारी बैंक ल्याउने प्रयास गरिरहेका छन् । सहमति हुन नसकेमा निर्वाचन हुनेछ ।










बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया