‘परानी’मा नरेशको संगीत, अस्मिता-रमनको स्वर, मेक्सम-वर्षाको जोडी
काठमाडौं । नरेश खात्रीको संगीत र शब्द रहेको ‘परानी’ गीतको म्युजिक भिडियो रिलिज भएको छ ।
संगीतकार खातीले सोमबार ‘परानी’लाई मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन् । गीतमा स्वर गायक रमन रायमाझी र गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् ।
‘मरानी’को एरेञ्ज र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
संगीतकार नरेश खातीले अलिक फरक शैलीमा गीत ल्याइएको बताएका छन् । उनले भने, ‘गीतलाई केही फरक प्रस्तुति दिन खोजेका छौँ । म्युजिक भिडियो र गीतको लय, शब्दहरू पनि विगतका गीतभन्दा फरक छन् ।’
सुनिल क्षेत्रीको निर्देशन रहेको म्युजिक भिडियोमा मेक्सम खाती र वर्षा सिवाकोटीको अभिनय रहेको छ । मेक्सम गायक पनि हुन् ।
संगीतकार नरेश र मोडलको रुपमा देखिएका गायक मेक्समले धेरै वटा सफल गीतहरू दिएका छन् ।
नरेश र मेक्सम नाताले दाजुभाई हुन् । उनीहरूको जोडी गीत संगीतको क्षेत्रमा निकै रुचाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया