चिदीमा रिसको झोँकमा लक्ष्मीले होस् गुमाइन्
काठमाडौं । अर्घाखाँचीमा आफ्नै श्रीमान ७७ वर्षीय बलबहादुर सार्कीको हत्या गरेको अभियोगमा पत्नी पक्राउ परेकी छिन् ।
छत्रदेव गाउँपालिका– १ चिदीका तुमचौर बस्ने लक्ष्मी नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
बलबहादुर सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको घटनाको सूचना पाएपछि प्रहरी अनुसन्धान गर्न पुगेको थियो ।
प्रहरीले उनीहरूबीच विवाद भई झै–झगडा हुँदा बलबहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बलबहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाई हत्या गरेको खुलेको थियो ।
त्यसपछि पत्नी लक्ष्मीलाई प्रहरी पक्राउ गरेको जनाएको छ ।
लक्ष्मीउपर जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तो छ घटना
मिति २०७९/०८/२४ गते राती अं. ८:०० बजेको समयमा जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वार्ड नं. १ चिदिका तुमचौर बस्ने बर्ष अं. ७७ को बल बहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेको भनि मिति २०७९/०८/२५ गते बिहान यस कार्यालयमा सुचना प्राप्त हुन साथ यस कार्यालयबाट प्र.नि. अर्जुन पौडेलको कमाण्डमा प्रहरी टोली खटिई गई घटना सम्बन्धमा बुझ्दा निज हालका मृतक बल बहादुर सार्की र निजकी श्रीमती लक्ष्मी नेपाली मिति २०७९/०८/२४ गते दिउँसो गाउँकै गोबिन्द बहादुर नेपालीको घरमा गई बर्खि (मृत्यु भएको एक बर्ष पछीको क्रियाकर्म) मा काम गरि साँझ रक्सी समेत सेवन गरि घरमा फर्किएका, घरमा फर्किएपछी निज श्रीमान श्रीमती बिच बिबाद भई झै झगडा हुँदा श्रीमान बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेका र सोही रिसले ऐ. राती अं. ८:०० बजेको समयमा श्रीमतीले आफुले कम्मरमा बाँधेको पटुका निकाली श्रीमान बल बहादुर सार्कीको घाँटीमा पासो लगाई दोस्रो तलाको दलिनमा झुण्डाई मारि उक्त पासोबाट लाश निकाली सोही भुईंमा राखी पटुका समेत श्रीमती लक्ष्मी नेपालीले आफ्नो कम्मरमा बाँधी आफुलाई श्रीमानले कुटपिट गरेको भनि पुन: निज गोबिन्द बहादुर नेपालीको घरमा गई राती सोही स्थानमा बसेकी हुँ भनि निज प्रतिवादी लक्ष्मी नेपालीले सामान्य सोधपुछको क्रममा प्रहरीसंग घटना सम्बन्धमा बताएकी हुँदा निज प्रतिवादीलाई ऐ. दिउँसो ३:०० बजेको समयमा निजकै घरमा निजको नामको जरुरी पक्राउ पुर्जी जारी गरि नियन्त्रणमा लिई सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट मिती २०७८।०८।२६ गते दिन ७ (सात) को म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया