कांग्रेसका एकजना सांसदले एक्लै हल्लाइदिए संसद

काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलमा कुनै पनि मन्त्री उपस्थित नभएपछि संसदको बैठक अबरुद्ध भएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विनियोजन विधेयक अन्तर्गत बैठकमा कुनै पनि मन्त्री सहभागी नभएपछि आवाज उठाएको हो ।

कांग्रेसका सांसद अमरेशकुमार सिंहले आइतबारको बैठकमा मन्त्रीहरू गैरजिम्मेवार भइ अनुपस्थित रहेकोले सदन चल्न नसक्ने भन्दै आपत्ति जनाएका थिए ।

त्यसपछि बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले बैठक १४ मिनटका लागि स्थगित गरेकी हुन् ।

बैठकमा वन मन्त्रालय, महिला बालबालिका, शहरी विकास र संघीय मामिलाको विनियोजन विधेयकमा छलफल हुने कार्यक्रम थियो ।

तर, ती मन्त्रीहरू बैठकमा नबसेर बाहिरिएपछि प्रमुख विपक्षी दलले कुरा उठाएको हो ।

प्रधानमन्त्री केपी ओलीले संसद बैठकमा अनिर्वाय उपस्थित हुन मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रीहरू प्रधानमन्त्री र संसद नियमावलीको बेवास्ता गर्दै बेपत्ता भएपछि कांग्रेस रिसाएको हो ।

Published : Sunday, 2018 June 17, 2:56 pm

2 प्रतिकृया प्राप्त “कांग्रेसका एकजना सांसदले एक्लै हल्लाइदिए संसद”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया