‘प्रेम गीत ३’ का निर्माताविरुद्धको उजुरी खारेज
काठमाडौं । निर्माता एवम् निर्देशक सन्तोष सेनविरुद्ध परेको ठगीको उजुरी खारेज भएको छ ।
सेन चलचित्र ‘प्रेम गीत ३’ का निर्माता र निर्देशक दुबै हुन् ।
सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा झन्डै ५ करोड ठगीको उजुरी दिएका थिए ।
राईले सेनविरुद्ध ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाउँदै मंसिर ११ गते उजुरी दिएपछि तरंग उत्पन्न भएको थियो ।
शुक्रबार चलचित्र निर्माता संघले बोलाएको छलफलमा राई उपस्थित नभएपछि उजुरी खारेज भएको छ ।
राईले सेनबाट रकम फिर्ताको माग गर्दै निवेदनको साथमा बुझाएको कागजातको सक्कलप्रति पेश गर्न नसकेको संघले जनाएको छ ।
छलफलका लागि बोलाउँदा समेत उजुरीकर्ता राई उपस्थित भएनन् ।
उजुरीको निवेदन पुष्टि हुने कुनै पनि आधार नदेखिएको भन्दै निर्माता संघले राईले दिएको निवेदन खारेज गरिदिएको छ ।
फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राईटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया