सहकारीहरूको समस्या समाधान गर्न उप-समिति गठन
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीहरूमा देखिएको समस्या समाधान र त्यसको उपाय खोज्न उप–समिति गठन गरेको छ ।
उप–समितिले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि अधिकतम पहल गर्नेछ ।
महासंघको बिहीबार बसेको बसेको बैठकले महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा उप–समिति गठन गर्ने निर्णय गरेको छ ।
उप–समितिले समस्या उन्मुख संस्थाहरूको स्थलगत अध्ययन, विश्लेषण, समन्वय गर्ने जिम्मेवारी समेत पाएको छ ।
उप–समितिको सदस्यहरूमा महासंघका संचालकद्वय डिवी बस्नेत, राजेन्द्र पौडेल, नेफ्स्कून, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघका प्रतिनिधि रहेका छन् ।
महासंघले स्वनियम र स्वमूल्यांकनको विधिलाई मजबुत बनाउन समितिको स्वमूल्याङ्कन फारम तयार गरेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया