अमिताभको तस्बिर, आवाज र नाम प्रयोग गर्न अनुमति लिनुपर्ने
मुम्बई । दिल्लीको उच्च अदालतले बलिउड अभिनेता अमिताभ बच्चनको नाम, आवाज र फोटो अनुमतिबिना प्रयोग गर्न रोक लगाएको छ ।
शुक्रबार अदालतले अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दो–जुल्दो कुनै अन्य विशेषता समेत प्रयोग गर्न नपाउने उल्लेख छ । अवाज, तस्बिर र नाम प्रयोग गर्दा अमिताभको अनुमति लिनुपर्ने आदेशमा भनिएको छ ।
अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका थिए । अमिताभको मागअनुसार दिल्ली उच्च अदालतले आदेश दिएको छ ।
भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन् ।
अनुमतिबिना अमिताभको अनुहार धेरै विज्ञापनमा देखाइने गरिएको छ ।
पूर्वअनुमति लिनुपर्ने भन्दै अमिताभका वकिलले दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सुनाइमा उच्च अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ती अनाधिकृत सामग्री हटाउन आदेश दिएको छ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया