सलमान खानकी पूर्ववुहारीले अर्कैसँग बिहे गर्ने
मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोराले विवाह गर्ने संकेत गरेकी छिन् ।
अभिनेता अरबाज खानसँग सम्बन्ध विच्छेद गरेकी मलाइकाले विवाह गर्न लागेको जनाएकी छिन् ।
नायक अर्जुन कपूरसँग मलाइकाको प्रेम सम्बन्धबारे निकै चर्चा हुने गर्छ ।
उनीहरूले आफ्नो सम्बन्धबारे खुलेआम स्वीकार गर्दै आइरहेका छन् ।
मलाइका ४९ वर्षीया छिन् । अर्जुन ३७ वर्षीय छन् । अर्जुन उमेरमा मलाइकाभन्दा १२ वर्ष कान्छा छन् ।
मलाइकाले इन्स्टाग्राममार्फत बिहेको संकेत गरेकी छिन् । मलाइकाले तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले हुन्छ भनेँ ।’
मलाइकाले पानको पात अंकित दुई ओटा औंठीको इमोजी पनि सेयर गरेकी छिन् ।
मलाइकाले इन्गेजमेन्टबारे खुलेर कुरा गरेकी छैनन् । उनले उक्त पोस्ट अर्जुन कपूरलाई ट्याग गरेकी छैनिन् ।
मलाइका र अर्जुन ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
उनीहरूले सन् २०१९ मा आफूहरू प्रेम सम्बन्धमा रहेको खुलासा गरेका थिए ।
अर्जुनभन्दा पहिला मलाइका सलमान खानका भाइ अरबाज खानकी श्रीमती थिइन् ।
उनीहरूले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए ।
अभिनेत्री मलाइका र अभिनेता अरबाजका एक छोरा अरहान छन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया