रोल्पामा २८ वर्षीय बोहरा पक्राउ, ७ वर्षदेखि भागेका गंगाधार फुत्किन सकेनन्
त्रिवेणी । रोल्पा जिल्लामा प्रहरीले भरुवा बन्दुक र गोलीसहित २८ वर्षीय बिक्रमबहादुर बोहरालाई पक्राउ गरेको छ ।
सोमबार त्रिवेणी गाउँपालिका–२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रासहित सोही गाउँपालिका–२ धनवाङ बस्ने बोहोरालाई दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उता, प्रहरीले कास्कीको मादी गाउँपालिका–७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, २६ वर्षीय निरज तामाङ, सोही गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने ३४ वर्षीय खरजंग गुरुङ र लम्जुङ मध्यनेपाल नगरपालिका–८ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–१३ कसेरी बस्ने २३ वर्षीय रिदम भन्ने सुनिल परियार रहेका छन् ।
असोज ५ गते बिहान खानेपानी संस्थानको पाइपहरू चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ग.१ त ५१३७ नम्बरको ट्याक्टरमा उक्त पाइपहरू लोड गरी मादी गाउँपालिका–५ तर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेको हत्या भएको घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टीकाराम बुढा क्षेत्रीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
२०७२ साउन १६ गते चालिसेलाई धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै गाउँटोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत बर्दिया गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया