च्याम्पियनसिप जित्ने भारतको सपना नेपालले भत्काइदियो
काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिप २०२२ मा नेपालले भारतलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।
भारतलाई पराजित गरेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । साफ वुमेन्स च्याम्पियनसिप फुटबलको फाइनल नेपाल र बंगलादेशबीच हुनेछ ।
शुक्रबार नेपालले दशरथ रंगशालामा भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराएर उपाधि भीडन्तसम्म पुगेको छ ।
नेपाल र बंगलादेशबीच सोमबार उपाधिका लागि भीडन्त हुनेछ । प्रतियोगिताको इतिहाँसमा भारत फाइनलमा जान जान नसकेको यो पहिलो पल्ट हो ।
सोमबार नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ । भारतको यो लगातार दोस्रो हार हो । भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको थियो । भारत यस अगाडिका सबै संस्करणमा विजेता बनेको थियो ।
साफ च्याम्पियनसिपको इतिहाँसमा भारतमाथि नेपालले पहिलो जित हातपारेको छ । नेपालले भारतलाई दोस्रो पटक हराएको छ ।
नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् । (तस्विर ई–कान्तिपुरबाट साभार)
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया