गाडी किन्दा नयाँ नियम लागू, उपभोक्तालाई तनाब थपियो
काठमाडौं । सरकारले चार पाङ्ग्रे गाडी खरिदमा गर्दा नयाँ नियम लागू गरेको छ ।
आन्तरिक राजस्व विभागले गाडी खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने नियम लागू गरेको हो ।
विभागले बिहीबार सूचना जारी गरेर अबदेखि चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा स्थायी लेखा नम्बर अनिर्वाय दिनुपर्ने उल्लेख गरेको छ ।
चालु आर्थिक वर्षको बजेटको ३९१ बुँदामा उल्लेख भएअनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई कार्यान्वयन गर्न विभागले सूचित गरेको सूचनामा उल्लेख छ ।
विभागले प्यान नम्बर विक्रेताले विक्री विजकमा उल्लेख गर्नुपर्ने भएकाले अनिर्वाय रुपमा पेश गर्न सबै सरोकारवाला निकाय तथा व्यक्तिहरूलाई आग्रह गरेको छ ।
सरकारले विभागमार्फत शुरु गरेको नयाँ नियमले चार पाङ्ग्रे गाडीका उपभोक्तालाई सवारी साधन खरिदमा झञ्झट हुने भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया