नेपालसँग हारेको भुटानले दशरथरंगशालामा कमाल देखायो
काठमाडौं । भुटाले साफ महिला च्याम्पियनसिपमा श्रीलंकालाई पराजित गरेर ऐतिहाँसिक जित दर्ज गराएको छ ।
शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै भुटानले साफमा पहिलो जित निकालेको हो । सन् २०१० यता साफ खेलिरहेको भुटानले पहिलो जित निकाल्न सफल भएको छ ।
भुटानलाई ऐतिहासिक जितमा डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरेका छन् ।
पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा ४ गोल थप्यो। खेलको ४२औं मिनेटमा नामङ्यालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
खेलको ५०औँ मिनेटमा डेखीले अग्रता दोब्बर पारिन् । ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै डेखीले खेललाई ३–० को अवस्थामा ल्याइन् ।
श्रीलंकाकी सेलबाराज युवारानीले पेनाल्टी बक्समा फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । ८४औं मिनेटमा छिरिङले गोल गर्दै ४–० को अवस्थामा ल्याइन् ।
भुटानकी कप्तान गलेको प्रहारलाई श्रीलंकाको गोलकिपर योहानी विरासिङ्गीले पञ्च गर्दै बचाएपछि रिबाउन्डमा छिरिङले खाली पोष्टमा गोल गरिन् । खेल सकिन १ मिनेट बाँकी छँदा भुटानले ५–० को फराकिलो अग्रता बनाएको छ ।
८९औं मिनेटमा छिरिङ याङदेनले गोल गरिन् । जितसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
श्रीलंकाले समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपालसँग खेल्नेछ । नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया