तीन खेलको शृङ्खला अष्ट्रेलियाद्वारा कब्जा, न्युजिल्याण्ड पराजित
लण्डन । अष्ट्रेलियाले दोस्रो एकदिवसीय क्रिकेटमा जित हातपारेको छ । अष्ट्रेलियासँग न्युजिल्याण्डले लज्जास्पद हार बेहोरेको छ ।
क्विन्स्ल्याण्डमा अस्ट्रेलियाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ८२ रनमा अलआउट भएको छ ।
न्युजिल्याण्डका लागि केन विलियमसनले १७, मिचेल सान्टनरले १६, मिचेल ब्रेसवेलले १२ र ड्यारेल मिचेलले १० रन बनाएका थिए ।
बलिङतर्फ अस्ट्रेलियाका एडम जाम्पाले पाँच, मिचेल स्टार्क र सिएन एबटले दुई÷दुई तथा मार्कुस स्टोनिसले एक विकेट लिएका छन् ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले स्टिभेन स्मिथको ६१ रन बनाएका थिए ।
मिचेल स्टार्कको ३८ र ग्लेन म्याक्सवेलको २५ रनको मद्दतमा अष्ट्रेलियाले १ सय ९५ रन बनाएको थियो ।
बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार, म्याट हेनरीले तीन तथा टिम साउथी र मिचेल सान्टनरले एक/एक विकेट लिएका छन् ।
न्युजिल्याण्डलाई हराएसँगै तीन खेलको शृङ्खला अस्ट्रेलियाले जितेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया