‘कांग्रेसलाई होच्याएकै दिनदेखि केपी ओलीको पतनको सुरुवात’
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १ नं. अध्यक्ष केपी ओलीले कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिका विषयमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग गरिएको कुराकानी :
नेपाली कम्युनिस्ट पार्टीको स्ट्रेन्थमा मुलुक बन्छ भन्ने कुरा मलाई विश्वास छैन । ओलीजीले भन्नु भएको थियो नि ‘अब कांग्रेस प्रतिस्पर्धी नै भएन । सहयोगी भयो’ बोर्न भिटा ख्वाउने बेला भएको हो कि क्यो भन्नु भएछ । उहाँसँगको भेटमा मैले सोधें । के भनेको तपाईंले ? अनि उहाँले भन्नु भयो ‘हैन, कांग्रेस हाम्रै सहयात्री हो भन्न खोजेको हो । प्रतिष्पर्धीको रुपमा होइन’ बोर्न भिटाको जवाफ दिनु भएन ।
साँच्चै ओलीले कांग्रेसलाई भित्रै मनदेखि हेप्न थाल्नु भएको हो भने उहाँको पतन शुरु भएको हो । मजाकमा भनेको हो भने त मेरो केही छैन । किनकी उहाँ कहिले काहीँ टुक्का भनेर मजाक गर्ने नेता चाहीँ हो । सायद उहाँलाई सत्ताले व्लाइण्ड (आँखा नदेख्ने) बनायो ।
ब्लाइण्डनेसले अहंकार बनायो । अहंकार बन्नु भनेको पतन हो । त्यसैले आजका दिनमा त हाम्रो शुभकामना छ । हामी रचनात्मक विपक्षी हो । नकारात्मक होइन । पाँच वर्ष प्रतिपक्षमा बस्न त हामी तयार छौ । तर, यो अहंकार अहिले देखिन थालेको हो भने त्यो उहाँले नै आफ्नो पतनको शुरुवात गर्नुभयो भनेर लेख्दा हुन्छ ।
ओलीजी एक्लै एमालेको नेता हुँदा दिएको शुभकामना अब प्रचण्डजीसँग एक भएपछि यस्तो भन्नुभयो भने त उहाँ आफ्नै कारणले पतन हुनुहुन्छ । राजा ज्ञानेन्द्रले पनि अहंकार गर्दा पतन हुन्छन् भनेर मैले त्यसबेला पनि भनेको हुँ । प्रचण्डजीलाई पनि मैले २०६५ सालमा भनेकै हो । तपाईले लिएको बाटोले तपाईंलाई पतनमा पुर्याउँछ भनेर । उहाँ अहिले त रियलाईज गर्नुहुन्छ ।
गिरिजाबाबुले प्रचण्डलाई भनेकै हो यो सरकारलाई संविधान निर्माण कार्यमा सहयोग गर्न चाहन्छु भनेर बारम्बार घोषणा गर्नु भएको हो । गिरिजाबाबु सहयोग गर्छु, संविधान निर्माणमा भन्ने तर, प्रचण्डजी भने सेना कब्जा गर्नतिर लाग्नु भयो । अनि उहाँको सरकारको पनि पतन भयो । ओलीजीमा अहंकार पलाएको हो भने उहाँपनि अघिल्ला सरकारहरू झै पतन हुनुहुन्छ ।
चीनमा रहेका साना–साना पार्टीलाई सहयोगी कम्युनिस्ट पार्टी जस्तै ओलीजीले कांग्रेसलाई भन्न खोज्नु भएको हो भने त उहाँको पतन शुरु भयो । आज त्यही हो भनेर त उहाँले भनेको हो होइन, शब्दकै आधारमा निष्कर्ष निकाल्दिन तर, त्यस्तो भन्नु भएको हो भने पतन हुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत