छोरो छिराएर लुट मच्चाउने गणेश थापाको योजना चक्नाचुर
काठमाडौं । भ्रष्टाचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरव थापा अखिल नेपाल फुटबल संघ (एन्फा)को सहायक महासचिव पदमा नियुक्तिको कुरा तत्कालका लागि टरेको छ ।
गणेश थापाले आफ्ना छोरा गौरवलाई सहायक महासचिव पदमा नियुक्तिका लागि दवाव दिँदै आएका थिए । गणेश आफ्ना छोरा गौरवमार्फत एन्फामा पुनः छिर्न खोजेका छन् ।
गौरवलाई सहायक महासचिव नियुक्त गर्ने उपाध्यक्ष विराटजंग शाहीले बिहीबारको बैठकमा प्रस्ताव गरेका थिए । शाहीको सो प्रस्ताव असफल भएको छ ।
विवादित व्यक्ति गौरवलाई एन्फामा ल्याउन नहुने भन्दै विरोध भएको छ ।
एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्बाङले विशेष साधारणसभापछि मात्र सहायक महासचिव लगायतको पदमा नियुक्त गर्ने बताएको एक सदस्यले उल्लेख गरेका छन् ।
२०७२ को कात्तिकमा फिफाले एन्फाका पूर्वअध्यक्ष गणेश थापालाई १० वर्षको प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्ध लगाउँदा गणेश थापाका छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त घटनामा मुछिएका थिए ।
एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालीन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो ।
एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए । गौरवको खातामा आएको पैसा घुस भएको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया