धेरैलाई ठगेको सहकारीमा प्रचण्ड निकट व्यापारीको पैसा, विनोद चौधरी पनि मुछिए
काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका व्यापारी अजयराज सुमार्गी र विनोद चौधरीको करोडौं रुपियाँ रहेको खुलासा भएको छ ।
माओवादी केन्द्रका नेता समेत रहेका सहकारीका प्रमुख रामबहादुर गौतम सम्पर्कमा आएका छन् । गौतमले यो सहकारीलाई आफ्नै नाममा २५ वर्षदेखि सञ्चालनमा ल्याएका हुन् ।
सहकारीमा प्रचण्ड निकटका व्यापारी सुमार्गीको ८ करोड निक्षेप रहेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीको पनि सहकारीमा ९ करोड रुपियाँ रहेको छ ।
प्रचण्ड र उच्च तहबाट दवाव सिर्जना गरेर सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सुमार्गी र चौधरीसहितका केही उच्च व्यक्तिको रकम असुल्ने तयारी भएको बुझिएको छ । सहकारीका प्रमुख गौतम र प्रचण्डबीच राम्रो सम्बन्ध छ ।
सहकारी विभागले समस्याग्रस्त सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरिसकेको छ ।
सहकारी विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले समस्याग्रस्त सहरकारीमा राख्न मन्त्रालयलाई सिफारीस गरिएको बताएका छन् ।
सहकारीमा करिब ७ अर्ब निक्षेप जम्मा रहेको छ । एउटै व्यक्तिको २५ करोडसम्म सहकारीमा रहेको दाबी गरिएको छ ।
सहकारी ठगी काण्डमा यसअघि सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो । उनी पुर्पक्षका लागि थुनामा छन् ।
ललितपुरको प्रतिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष माधव तिमिल्सिना कीर्ते काण्डमा पुर्पक्षका लागि थुनामा छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया