पेट्रोल प्रतिलटर १९९ पुग्यो, तेलको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
आइतबार निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपियाँले वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोलमा प्रतिलिटर २१ रुपियाँले मूल्य वृद्धि भएको छ । वृद्धि भएको मूल्य आइतबार मध्यरातिदेखि लागू भएको छ ।
प्रतिलिटर पेट्रोलको मूल्य १९९ रुपियाँ पुगेको छ । डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपियाँ भएको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपियाँले वृद्धि गरी १८५ रुपियाँ प्रतिलिटर बनाएको छ ।
हवाई इन्धनको बाह्य उडानतर्फ १०० अमेरिकी डलरले मूल्यवृद्धि भएको छ ।
सरकारले यस पटक धेरै मूल्य वृद्धि गरेको छ । भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले मूल्य बढाएको जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया