बिटक्वाइनको मूल्यमा भारी गिरावट
लण्डन । बिटक्वाइनको मूल्यमा गिरावट आएको छ । बिटक्वाइनको मूल्य २५ हजार ६ सय डलरमा झरेको छ ।
सोमबार बिटक्वाइनको १८ महिना यताकै सबैभन्दा कम मूल्य हो ।
डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा मूल्यमा गिरावट आएपछि हलचल भएको छ ।
संसारको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी विभिन्न कारणले लगातार कमजोर बनिरहेको छ । नोभेम्बरमा क्रिप्टोकरेन्सीको मूल्य सबैभन्दा उच्च अर्थात् ६८ हजार डलरभन्दा माथि पुगेको थियो । क्रिप्टोकरेन्सीको मूल्य ८० प्रतिशतले घटेको छ ।
बिटक्वाइनको मूल्य यही दरमा घटेमा यो वर्षको अन्त्यसम्ममा १४ हजार डलरमा झर्न सक्ने अनुमान छ ।
६ सय ७० दिनभित्रमा बिटक्वाइनको मूल्य २१ हजारदेखि १४ हजार डलरसम्ममा झर्ने सम्भावना छ ।
सन् २०२३ मा बिटक्वाइनको मूल्य पुनः बढेर ४० हजारसम्म पुग्ने विश्लेषकको अनुमान छ ।
विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्यमा पनि गिरावट आइरहेको छ । इथेरियमको मूल्य १३ सय ५५ डलरमा झरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया