लोक गायिका कल्पनाले विवाह गरिन्
काठमाडौं । लोक दोहोरी गायिका कल्पना दाहालले काठमाडौं जिल्ला अदालतमा विवाह गरेकी छिन् ।
गायिका दाहालले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग कोर्ट म्यारिज गरेको दाहाल निकट एक साथीले जनाएका छन् ।
सोमबार दाहाल विवाह दर्ताका लागि अदालत गएकी थिइन् । गायिका दाहालले मंगलबार विवाह दर्ताको प्रमाणपत्र पाएको उनी निकटका एक साथीले बताएका छन् ।
उनीहरूको विवाहमा परिवारका सीमित सदस्य मात्र साक्षीका रुपमा अदालतमा उपस्थिति थिए ।
विवाह दर्ताको प्रमाणपत्र लिएपछि दाहाल र आचार्यले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएका थिए ।
गायिका दाहालले आफ्नो विवाहका विषयमा औपचारिक रुपमा केही भनेकी छैनिन् । यद्यपि, सामाजिक सञ्जालमा दाहालका शुभेच्छुकहरूले शुभकामना र बधाई दिएका छन् ।
विवाहका विषयमा म्यासेजञ्जरमार्फत सोधिएको जिज्ञासामा गायिका दाहालले कुनै प्रतिक्रिया दिएकी छैनिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया