सोँच्नै नसक्ने गरी पेट्रोलियम पदार्थको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरेको निगमले पुनः १० रुपियाँ बढाएको हो । ८ दिनमै तेलको भाउ बढेको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले वृद्धि गरेको छ ।
यसपालि निगमले हवाई इन्धन (आन्तरिक) र खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि गरेको छ ।
हवाई इन्धन प्रतिलिटर १० रुपियाँले वृद्धि गरेर १६६ प्रतिलिटर कायम गरिएको छ ।
ग्यासप्रति सिलिण्डर दुई सय रुपियाँले वृद्धि गरेर १८ सय पुर्याइएको छ ।
मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल प्रतिलिटर १६३ रुपियाँ पुगेको छ ।
निगमले भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ ।
चालु आर्थिक वर्षमा निगमलाई करिब ४७ अर्ब रुपियाँ घाटा भएको पनि निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जनाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाउ पनि बढ्नेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया