गभर्नर फर्किएकै दिन शेयर ३६ अंकले गिरावट
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी फर्किएकै दिन शेयर बजार ३६ अङ्कभन्दा धेरैले घटेको छ ।
मङ्गलवार १३ अङ्कले बढेको नेप्से बुधबार ३६ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय २० दशमलव ५१ विन्दुमा झरेको हो ।
सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, बीमा, होटल र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।
दुई सय २८ कम्पनीका ३५ लाख ७० हजार कित्ता शेयर एक अर्ब ४५ करोड ८७ लाख रुपियाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको १४ करोड १९ लाख रुपियाँको शेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा हिमालयन ऊर्जा विकास कम्पनी, तेह्रथुम पावर र युनियन हाइड्रो पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार राताम्मे भए पनि ग्रीन भेन्चर्स कम्पनी र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया