श्री लालीगुराँसको सातौं काउन्टर काठमाडौंको नयाँ बजारमा
ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ ।
संस्थाले सो सुविधा काउन्टरबाट आज सोमबारबाट कारोबार शुरु गरेको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजारस्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका छन् ।
अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए ।
उनले भने, ‘हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौं ।’
प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाँ बजारका सातौं सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्दै लैजाने उनले बताएका छन् ।
ललितपुरको पुल्चोकमा मुख्यकार्यालय रहेको संस्थाले यसअघि ललितपुरकै चापागाउँ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।
प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरूलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरू उपलब्ध गराएको जानकारी गराए ।
संस्थाले हालसम्म करीव ३ सयभन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।
संस्था बिक्रम संवत २०५६ साल भदौ १८ गते दर्ता भएको थियो । असोज १५ गतेबाट कारोबार सुरु गरेको संस्था वागमती प्रदेशको उत्कृष्ट सहकारी हो ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मावि, कलेज र नेशनल एकेडेमी, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।
संस्थाबाट संचालित कार्यक्रमलाई स्तरीय, सरलीकृत तथा प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्ना सम्पूर्ण कर्मचारीलाई समय समयमा तालिम दिइरहेको छ ।
संस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ५ स्थानमा थप सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारीमा छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया