नाट्टाको अध्यक्षमा थापा विजयी
काठमाडौं । पर्यटन व्यवसायीको संगठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।
नाट्टाको ५५औँ वार्षिक साधारणसभा एवम् २३औँ निर्वाचनबाट अध्यक्षमा थापा विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेत पराजित भएका छन् ।
अध्यक्षमा विजयी भएका थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन् ।
वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वर्ल्डवेज टुर्स एण्ड ट्राभल्सका सञ्चालक वरुण मेहता निर्वाचित भएका छन् ।
महासचिवमा प्रिसियस ट्राभल्स एण्ड टुर्सका सञ्चालक कुमारमणि थपलिया, सचिवमा शाहस होलिडे इन्टरनेशनलका सञ्चालक युविका भण्डारी, कोषाध्यक्षमा वर्ल्ड फेभर ट्राभल्स एण्ड टुर्सका सञ्चालक राजकुमार देवकोटा र सह–कोषाध्यक्षमा रियान ट्राभल्स एण्ड टुर्सका सञ्चालक गीता ढकाल ‘रेजु’ निर्वाचित भएका छन् ।
सदस्यहरूमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल्सका सञ्चालक विष्णु पाण्डे, होलिडे एडभेञ्चर टुर्सका सञ्चालक ढकनाथ काफ्ले, अक्सफोर्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक नमराज भेटवाल, प्रिजेन्ट ट्राभल्सका सञ्चालक पर्शुराम घिमिरे, अस्विता इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका सञ्चालक रामशोभित नायक, इन्द्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक सवला भण्डारी, डालिमा टुर्स एण्ड ट्राभल्सका सञ्चालक डेन्डी शेर्पा र एएनटी होलिडेका सञ्चालक श्रद्धा जोशी विजयी भएका छन् ।
नाट्टामा दुई हजारभन्दा धेरै टुर्स एण्ड ट्राभल्स मतदाता छन् । निर्वाचनमा ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया