सार्वजनिक सवारी साधनको भाडा बढ्यो
काठमाडौं । सरकारले लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रिस्तरीय निर्णयानुसार यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाएको हो ।
पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढेको छ ।
यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको छ ।
केन्द्र सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरूले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउनेछन् ।
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा बढाउन दवाव दिएका थिए । सवारी साधनले आफू खुसी भाडा बढाएर लिने गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया