तस्करहरूले घरमा पैसा राखेपछि १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाउन माग

काठमाडौं । प्रहरीले आइतबार मात्रै महोत्तरी र सिरहामा ठूलो परिमाणमा स्रोत नखुलेको नेपाली रुपियाँ बरामद गरेको छ ।

महोत्तरीमा ५५ लाख र सिरहामा ११ लाख रुपियाँ बरामद भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिले पैसा घरमा लुकाएर राखेका कारण बैंक र वित्तीय संस्थाहरूले ठूलो संख्यामा लगानी गर्न सकिरहेका छैनन् । केही व्यापारी, तस्कर, कालोबजारी, अबैध कारोबार गरेर कमाइ गर्नेहरूको हातमा ठूलो परिमाणमा पैसा बैंक र वित्तीय संस्थाभन्दा बाहिर पुगेको छ ।

एक करोडभन्दा धेरै ऋण माग्न जाँदा बैंक र वित्तीय संस्थाहरूले पैसा छैन भनेर पठाउने गरेका छन् । पहुँचवालाले मात्रै ऋण पाउँछन् । बैंक र वित्तीय संस्थामा पैसा छैन भने त्यो पैसा कहाँ गयो ? प्रश्न उठन थालेको छ ।

पैसा भएका व्यक्तिले बैंक र वित्तीय संस्थामा रकम राख्न मानेका छैनन् । उनीहरूले बैंकमा पैसा राख्दा मुनाफा कम हुने र स्रोत देखाउनुपर्ने भएपछि चोरबाटोबाट लगानी गर्न थालेका छन् । पैसा घरमा थुपारेर राखेको चर्चा छ । त्यो पैसालाई बाहिर ल्याउन एक हजार र पाँच सय दरका नोटलाई प्रतिबन्ध लगाएर नयाँ नोट निष्काशान गर्न माग उठेको छ ।

हुण्डी र अबैध बाटोबाट पैसाको कारोबार भइरहेको छ । यसलाई रोक्न सरकारले प्रयास गरे पनि प्रयाप्त छैन । अर्थमन्त्री जनार्दन शर्मा घरभित्र लुकाएर राखेको पैसा बाहिर निकाल्न असक्षम भइरहेका छन् । शर्माका कारण मुलुकको अर्थतन्त्र धरासायी हुने अवस्थातर्फ जान थालेको आरोप छ ।

सीमित व्यक्तिको घर–घरमा लुकाएर राखेको ठूलो परिमाणको पैसा बाहिर ल्याउने सरकारसँग दुई वटा उपाय छन् । पहिलो उपाय हो, व्यक्तिसँग रहेको पैसालाई स्वघोषणा गर्न दिएर त्यसको कर तिरे कालो पैसालाई सेतो बनाउने । दोस्रो उपाय हो, एक हजार र पाँच सयका नोटलाई नोटबन्दी गर्ने ।

भारतमा पनि नेपालमा जस्तै बैंक र वित्तीय संस्थाहरूमा पैसाको अभाव भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोखिम मोलेर एक हजार र ५ सयका नोटहरूमा प्रतिबन्ध लगाएपछि अर्थतन्त्र सहि ठाउँमा आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जोखिम मोलेर एक हजार र पाँच सयका नोटहरूमा प्रतिबन्ध लगाएर नयाँ नोट निकाल्ने निर्णय गर्नुपर्छ । अन्यथा पैसा बैैंक र वित्तीय संस्थामा भन्दा पनि सीमित व्यक्तिको घरको कोठामा पैसा थन्किएर धमिरा लाग्नेछ ।

Published : Monday, 2022 March 28, 9:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया