रजनीकान्तकी छोरी ऐश्वर्या र ज्वाइँ धनुषले डिभोर्स गर्ने
मुम्बई । साउथ इन्डियन फिल्मका नायक धनुष र उनकी पत्नी ऐश्वर्या अलग हुने घोषणा गरेका छन् ।
धनुषले आफू र ऐश्वर्या अलग हुन लागेको बताएका छन् । ऐश्वर्या अभिनेता रजनीकान्तकी छोरी हुन् । धनुष र ऐश्वर्याबीच १८ वर्ष अगाडि विवाह भएको थियो ।
धनुषले ट्विटरमा लेखेका छन्, ‘साथी, दम्पती र आमाबुवा, एकअर्काका शुभचिन्तकका रूपमा १८ वर्ष सँगै बिताएका छौं ।’
‘यो यात्रामा हामीले एकअर्कालाई बुझ्ने, सम्झिने र एडजस्ट गर्ने प्रयास गर्यौं’, धनुषले भनेका छन्, ‘आज हाम्रो बाटो फरक भएको छ ।’
‘ऐश्वर्या र मैले बाटो अलग गर्ने निर्णय गरेका छौं’, उनले भनेका छन, ‘हामीलाई हामी अलग–अलग बस्दा नै राम्रो हुन्छ भन्ने बुझ्न समय समय लाग्यो ।’
उनले भनेका छन्, ‘हाम्रो निर्णयको सम्मान गर्नुहोस् र यो निर्णय गर्न हामीलाई गोपनीयता दिनुहोस् ।’
ऐश्वर्या र धनुषको विवाह हुँदा धनुष २१ वर्षका थिए भने ऐश्वर्या २३ वर्षकी थिइन् ।
धनुष र ऐश्वर्याले तमिल रितीरिवाज अनुसार विवाह गरेका थिए । उनीहरूका दुई छोरा छन् । उनीहरूका छोराको नाम यात्रा राजा र लिङ्ग राजा रहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया